पोखराको गोरखा बराह ज्वेलर्समा काम गर्ने राजवंशी ३३ तोला सुन लिएर फरार

पोखराको गोरखा बराह ज्वेलर्समा काम गर्ने राजवंशी ३३ तोला सुन लिएर फरार

Gorkha Baraha

पोखरा । पोखराको न्यूरोड स्थित गोरखा एण्ड बराह ज्वेलर्स ईण्डष्ट्रिज प्रा.लि.मा काम गर्ने भारतीय युवक बुधबारदेखि सम्पर्क विहीन छन् । भारत कलकत्ता घर भएका ३६ वर्षीय रञ्जन राजवंशी ३३ तोला सुन सहित फरार भएका हुन् ।

बुधबार दिउँसो ३ बजेको समयमा पसलमै काम गर्ने राजवंशीले सिर्जनाचोक स्थित गहना बनाउने ठाउँमा उक्त सुन लिएर गएका थिए । तर, रातिसम्म नआएपछि पौने ११ बजे मात्रै प्रहरीलाई खबर गरिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीलाई जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको एसपी दीपक रेग्मीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ