बैतडीः लौली नगरपालिका–५ पेले मा स्काभेटरले किच्दा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जिल्लाको मेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेका छन् । मेलौलीको लामालेक–ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजाराको एक्कासी खसेर स्काभेटरले किचेको प्रहरीले जनाएको छ । लामालेक–ढणौन सडक निर्माणपछि एसके २२० केडी नंको स्काभेटरलाई घर निर्माणका लागि खन्न पुजाराले ल्याउँदै गरेको अवस्थामा आज बिहान ८ बजे पेले भन्ने स्थानमा खसेको इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायब निरीक्षक मानसिंह बोहराले जानकारी दिए ।
स्काभेटर चालक दशरथचन्द नगरपालिका–२ देहीमाडौँका ३० वर्षीय शेरीसिंह बोहरा फरार छन् । फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शव क्षतविक्षत अवस्थामा घटनास्थलमै रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम