महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा गठित छानविन समिति रक्षा नेपालको आश्रयमा व्यवस्थापकीय कमजोरी रहेको निष्कर्षमा पुगेको छ । रक्षा नेपालको संरक्षणमा बस्दै आएकी पूजा बोहोराले आफूमाथि अन्याय गरेको बताएपछि मन्त्रालयले गठन गरेको छानविन समितिले पूजा बोहोराको मुद्दामा सुनुवाइ सुरू भएको छ । सर्वोच्च अदालतमा न्यायाधीश सपना मल्ल प्रधान र हरिप्रसाद फुयालको इजलाशमा मुद्दाको सुनुवाइ सुरू भएको हो ।
बोहोराको मुद्दाको फैसला आजै हुने सम्भावना रहेको बताइएको छ । २०६८ सालको प्रवेशिका परीक्षा चलिरहेका बेला गणित विषयको गेसपेपर किन्न जाँदा बैतडी जिल्ला भूमेश्वर– ३ को जगन्नाथ पुस्तक पसलका सञ्चालक सागर भट्ट र सोही जिल्ला गुजर– २ को चाँदनी फोटो स्टुडियोका सञ्चालक अमर अवस्थीले उनलाई बलात्कार गरेको विषयमा सर्वोच्चमा मुद्दा चलिरहेको छ ।
२०६९ साल पुस ९ गते जिल्ला अदालत बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय भट्ट र अवस्थीलाई बलात्कारी ठहर गर्दै १३ वर्ष कैद र जनही ५०–५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । तर, पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले बैतडी जिल्ला अदालतको निर्णय उल्टाउँदै अभियुक्तद्वय भट्ट र अवस्थीलाई निर्दोष सावित गरेको थियो । पुनरावेदनको निर्दोष करार गर्ने फैसला खारेजीको माग गर्दै सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा २ पुस २०७१ पुनरावेदन गरेको थियो ।
(बलात्कृत युवती यस्तो जघन्य अपराध विरुद्ध खुलेर अभियानमा लागेकी कारण तस्विर प्रकाशित भएको ।)
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु