पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले तिहार पर्वको अवसरमा राति १० बजेपछि देउसी भैलो नखेल्न अनुरोध गरेको छ । शान्ति सुरक्षाका हिसाबले राति १० बजेसम्मको लागि कास्कीमा देउसी, भैलो खेल्न आफुहरुको आव्हान गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बताए ।
उनले भने- ‘प्रशासनिक हिसाबले हामीले राति १० बजेसम्मको लागि देउँसी, भैलो खेल्न आव्हान गरेकाछौं, यद्यपी कसैले राति अबेरसम्म देउँसी भैलो खेलेर कुनै घटना घट्यो भने त्यस वेला हामीले उनीहरु उपर याक्सनमा जान्छौं ।’
यदि कसैले पटका ओसार पोसार, बिक्रि वितरण र पट्काएको भेटेमा सार्वजनिक मुद्धासम्म चलाउने भएको उनले चेतावनी दिएका छन्। तिहार पर्वको अवसरमा कसैले अखाद्य पदार्थ विक्रि वितरण गरेको र कुनै अखाद्य पदार्थ मिसावट गरेको भेटेमा उनीहरु उपर तत्काल कारवाही प्रक्रिया अघि बढाउने भएको बताए ।
कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले दशैं जस्तै तिहारमा पनि प्रहरीको विषेश टोली ठाउँ ठाउँमा खटिने हुँदा कानुनले बन्देज गरेका कुनै पनि क्रियाकलाप नगर्न चेतावनी दिएका छन्। यदि कसैले यात्राको क्रममा बढी भाडा लिने गरेको भेटिएमा प्रहरीलाई तत्काल खबर गर्न पनि उनले आग्रह गरे ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो