काठमाडौं– दुई दशक अघि एक युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा अमेरिकामा पक्राउ गरिएका एक युवकलाई नेपाल ल्याइएको छ । झापा, चन्द्रगढी–३ स्थायी घर भएका लीलाराज गौतमलाई अमेरिकामै पक्राउ गरेर बुधबार टर्किस एयरको विमानबाट नेपाल ल्याइएको हो । दश वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका ४२ वर्षीय गौतमलाई इन्टरपोल वाशिंटनको सहयोगमा पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरी सफल भएको हो ।
इन्टरपोल वाशिंटनले सन् २०१८ फेब्रुअरी १३ मा पक्राउ गरी अमेरिकाकै हिरासतमा राखेको थियो । नेपाल प्रहरीको निरन्तरको पत्राचारपछि अमेरिकी अध्यागमनका न्यायाधीशले सन् २०१८ सेप्टेम्बर ५ मा उनलाई नेपाल पठाउन आदेश दिएका थिए । २९ असोज २०५७ मा गौतमसहित मनोज खड्का र सीताराम खड्काले चन्द्रगढी(३ की एक युवतीको सामूहिक बलात्कारपछि घाँटी थिचेर हत्या गरेका थिए । हत्यापछि युवतीको शव रूखमा झुण्डाइएको थियो ।
घटनाको दोस्रो दिन मृतक युवतीका बुवाले तीनैजनाविरुद्ध ३० असोज २०५७ मा जिल्ला प्रहरी कार्यालय झापामा किटानी जाहेरी दिएका थिए । जाहेरी लगत्तै गौतम पक्राउ परेका थिए। पुर्पक्षका लागि थुनामा रहेका उनलाई जिल्ला अदालतले २१ कात्तिक २०५८ मा सफाइ दिएको थियो ।
त्यसपछि मुद्दा पुनरावेदन अदालत पुगे पनि त्यहाँबाट समेत उनलाई सफाइ दिइएको थियो । त्यसपछि पीडितले सरकारी वकीलको कार्यालयमार्फत् १९ भदौ २०६६ मा सर्वोच्च अदालतमा पुनरावेदन गरे । सर्वोच्च अदालतले भने उनीहरू सबैलाई जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतबाट सफाइ पाएका गौतम त्यतिन्जेल अमेरिका पुगिसकेका थिए ।
१० महिना जेल बसिसकेका गौतमलाई सर्वोच्च अदालतले १९ वर्ष २ महिना कैद सजाय सुनाएको थियो । नेपाल ल्याइएका उनलाई आवश्यक कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरोमा बुझाइएको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न गौतमलाई प्रहरीले कारागार चलान गर्नेछ ।
सम्बन्धित खबर
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए