ट्रक एकआपसमा ठोक्किँदा चालक गम्भीर घाइते, पोखरामा उपचार हुँदै

ट्रक एकआपसमा ठोक्किँदा चालक गम्भीर घाइते, पोखरामा उपचार हुँदै

Truck Acci gs

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास-१२ घासीकुवामा दुई वटा ट्रक एकआपसमा ठोक्किदा दुर्घटना भएको छ । बुधबार बिहान दुर्घटना हुदा ट्रक चालक गम्भीर घाइते भएका छन ।

मुग्लिनबाट दमौलीतर्फ आउदै गरेको ना १ क ४७९४ नम्बरको ट्रक र विपरित दिशाबाट आउदै गरेको ना ६ ख ७०५८ नम्बरको ट्रक ठोक्किदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विरगंज पर्सा-३० का वर्ष ३७ का चन्द्रकान्त प्रसाद यादव सामान्य उपचार पश्चात डिस्चार्ज भैसकेको प्रहरीले जनाएको छ । यादव ना १ क ४७९४ नम्बरको ट्रक चालक हुन् ।

त्यत्सै पाल्पा रिस्तीपुर-५ का खड्कबहादुर राना गम्भीर घाइते भएका छन । घाइते ट्रक चालक रानाको अहिले पोखरा स्थित मणिपाल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

राना ना ६ ख ७०५८ नम्बरको ट्रक चालक हुन् । रानाको निधार र हातका चोट लागेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds