काठमाडौं – गायक दुर्गेश थापाले आफ्नो गीत विवादमा तानिएपछि क्षमा मागेका छन । उनले तिहारको अवसर पारेर सार्वजनिक गरेको गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत विवादमा तानिनुको साथै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेको थियो ।
थापाले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै गीतका कारण मदिरा सेवन गर्न प्रेरित गर्दा सामाजिक सद्भाव र सांस्कृति विचलन आएकोप्रति क्षमा मागेका छन् । साथै उनले नयाँ भर्सनमा गीत समेत सार्वजनिक गरेका छन् ।
‘मेरो गीतका कारण प्रतिबन्धित गाँजा र इलेक्ट्रोनिक माध्यम युट्युब लगायतका च्यानलबाट मदिरा सेवन गर्न प्रेरित गर्दा सामाजिक सद्भाव र सांस्कृतिक विचलन आएकोप्रति क्षमाप्रार्थी छु,’ दुर्गेशले विज्ञप्तिमार्फत भनेका छन् ।
उनले प्रहरीको आग्रहपछि सो गीत युट्युबबाट हटाइसकेको र आगामी दिनमा त्यस्ता सामाजिक, सांस्कृतिक सद्भावमा खलल पुग्ने खालका गीत तथा म्युजिक भिडियो प्रकाशन र प्रशारण नगर्ने प्रतिवद्धता पनि जनाएका छन् ।
‘यो गीत अन्य कसैले कपी गरी प्रसारण नगरिदिनु हुन समेत सार्वजनिक रुपमा अनुरोध छ,’ उनको आग्रह छ । यद्यपि सो गीत युट्युबमा अरुले अपलोड गरिएको भने भेट्न सकिन्छ । मोडल तथा गायक थापाले ‘अञ्जानवश’ नशालु पदार्थ गाँजा खान उत्प्रेरित/प्रोत्साहन गर्ने शब्द प्रयोग गरिएको बताएका छन् ।
गायक थापाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीत आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका थिए । उक्त गीत विवादमा आएपछि उनले युट्युबमा उक्त गीतमा कमेन्ट गर्ने सुविधा नै हटाएका थिए । गीतका बारेमा सोधपुछ गर्न थापालाई महानगरीय प्रहरी परिसरले मंगलबार नियन्त्रणमा लिएको थियो ।
नयाँ भर्सनको ‘डन आयो डन’ बोलको गीत दुर्गेश थापाको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु