पोखरा विमानस्थल सञ्चालन गर्न विदेशी खोज्दै सरकार

पोखरा विमानस्थल सञ्चालन गर्न विदेशी खोज्दै सरकार

Pokhara Airport (2)

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन गर्न विदेशी खोज्ने तयारीमा सरकार जुटेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अहिले निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्न विदेशीको खोजी गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्राधिकरण निकट अधिकारीहरुका अनुसार भैरहवा विमानस्थल सञ्चालनका लागि जर्मन कम्पनीसँग छलफल अन्तिम चरणमा पुगेको छ । प्राधिकरणले अहिले विमानस्थल सञ्चालनको जिम्मा दिंदा आम्दानी बाँडफाँडको मोडालिटीका बारेमा आन्तरिक अध्ययन गरिरहेको छ ।

मन्त्रालयले पोखरा विमानस्थल सञ्चालनका लागि पनि विदेशी कम्पनी खोजी गर्न निर्देशन दिएको छ । सरकारले जीटुजी प्रक्रियाबाट अपरेटर खोजी गर्ने तयारी गरेको हो । भैरहवा विमानस्थल सन् २०२० को पहिलो महिनाबाट निर्माण सम्पन्न भएर सञ्चालनका लागि तयार हुने बताइएको छ ।

पोखरा विमानस्थलको भौतिक कामको प्रगति ५० प्रतिशत पुगेको छ। सन् २०२० को अन्तिमसम्म निर्माण सम्पन्न गरिसक्ने चिनियाँ ठेकेदारले जानकारी गराएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds