तनहुँ महोत्सव पौष २४ गतेदेखि

तनहुँ महोत्सव पौष २४ गतेदेखि

oznorMB

oznorMB

तनहुँ । तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा सातौ तनहुँ महोत्सव हुने भएको छ ।

महोत्सव आगामी पौष २४  गतेदेखि माघ ६ गतेसम्म हुने तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले बताए ।

महोत्सवको सहआयोजकमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई रहेको छ । त्यस्तै प्रवर्द्धकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, जिल्ला समन्वय समिति तनहुँ र व्यास नगरपालिका रहेको छ ।

“महोत्सव पैसा कमाउने उद्देश्यले मात्रै गर्न लागिएको होइन ‘ अध्यक्ष श्रेष्ठले भने ‘आगामी दिनमा नयाँ ठाउँमा महोत्सव गर्ने स्थानको व्यवस्थापन गर्न समेत हो ।’ बजार भित्र हाट बजार संचालन समेत गर्ने लक्ष्य संघले लिएको उनले बताए ।

महोत्सवमा १ सय ४० स्टल हुने आयोजकले जनाएको छ । ४ लाख दर्शकले महोत्सव अवलोकन गर्ने र ५  करोड बराबरको कारोबार हुने लक्ष्य आयोजकले लिएको छ । सातौ तनहुँ महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायीहरु सहित जिल्ला भित्रका कृषि, उद्योग, पर्यटन र सेवा क्षेत्रका स्टलहरु सहभागिता रहने आयोजकले अपेक्षा लिएको छ ।

महोत्सव व्यास-३ विपी वनवाटिकामा हुने आयोजकले जनाएको छ । विभिन्न जातजातिको मौलिक संस्कृतिलाई  बढी प्राथमिकता दिइने अध्यक्ष श्रेष्ठले बताए ।

जिल्लाको धार्मिक, जैविक एवं साँस्कृतिक विविधताको संरक्षण गरि समग्र आर्थिक तथा सामाजिक विकासका लागि उद्योज, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउदै विभिन्न जातजाति, वर्ग र समुदायको बीच सद्भाव एवं भातृत्व अभिवृद्धि गरि जिल्लाको आर्थिक एवम सामाजिक सम्मुनतिमा संगठित रुपले विकास गर्ने लक्ष्य महोत्सवले लिएको छ ।

स्थानिय बस्तु तथा सेवाहरुको बजार प्रवर्द्धनका साथै उद्दमी एवं व्यवसायीहरुलाई प्रोत्साहन गर्ने महोत्सवको उद्देश्य रहेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सगयोगा गर्ने समेत आयोजकले जनाएका छन ।

महोत्सवमा कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, साँस्कृतिक प्रदर्शनी, धार्मिक एवं ऐतिहासिक स्थलको प्रवर्द्धन, जलबिहार, सांस्कृतिक नमुना ग्राम भ्रमण लगाएत गतिविधि हुने आयोजकले जनाएको छ ।

कार्यक्रमको सभापतित्व संघका अध्यक्ष मानकाजी श्रेष्ठले गरेका थिए । पत्रकार सम्मेलन कार्यक्रममा संघका पुर्वअध्यक्ष एवं केन्द्रिय सदस्य देव कुमार श्रेष्ठ र पुर्व अध्यक्ष अशोक कुमार श्रेष्ठले बोलेका थिए । कार्यक्रमको संचालन संघका महासचिव इमकुमार मल्लले गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds