काठमाडौं । जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको छ। महरालाई शनिबारदेखि लागू हुने गरी थप पाँच दिन हिरासतमा राख्न न्यायाधीश बाबुराम सुवेदीको इजलासले अनुमति दिएको हो।
महराले आइतवार जिल्ला सरकारी वकिलसँग यो प्रकरणमा पहिलो पटक बयान दिएका थिए। अब महरालाई सरकारी वकिलले आगामी बुधबार अदालतमा उपस्थित गराउने छन्।असोज १९ गतेदेखि प्रहरीको हिरासतमा परेका महरा पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा रहेका छन्।
युवतीको निवेदनमाथि तत्काल कुनै सम्बोधन नगर्ने
जिल्ला अदालत काठमाडौंले निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध कुनै अभियोगपत्र दर्ता नहुञ्जेल उनीबाट पीडित भएकी भनिएकी युवतीको निवेदनमाथि कुनै सम्बोधन नगर्ने भएको छ । म्याद थपको अनुमतिका लागि महरालाई आइतबार अदालतमा पेश गरिँदा ती युवतीले आफूले स्वेच्छाले कुनै निवेदन नदिएको भनी निवेदन दिएकी थिइन् ।
‘मूल मुद्दा दर्ता भएको छैन, कुनै किटानी जाहेरीका क्रममा आरोपित थुनामा छन् र म्याद थप भइरहेको छ’ एक न्यायाधीशले भने, ‘यस्तो अवस्थामा घटनाको आरोप समेत परिपक्व भएको हुँदैन, जाहेरी दिनेको निवेदन लिनुको के अर्थ हुन्छ र ?’ ती न्यायाधीशका अनुसार, कतिपय अवस्थामा त बयान फेरेको अनि अनुसन्धानमा असहयोग गरेको आरोपमा समेत जाहेरीकर्तामाथि छानबिन र कारबाहीको अवस्था हुन्छ । मुद्दा दर्तापछि मात्रै अदालतले ‘उचित ठानेमा’ त्यस्ता निवेदनको विषयवस्तु ग्रहण गर्ने उनले बताए ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु