नेकपाका सांसद गुरुङ साधारण तारेखमा रिहा, ज्यान मार्ने उद्योगको आरोप

नेकपाका सांसद गुरुङ साधारण तारेखमा रिहा, ज्यान मार्ने उद्योगको आरोप

parwat-gurung

काठमाडौं । ज्यानमार्ने उद्योगको आरोप लागेका दोलखाबाट निर्वा्चित सत्तारुढ दल नेकपाका सांसद पार्वत गुरुङलाई काठमाडौंं जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको छ ।

दोलखाका वीरध्वज खड्काको ज्यानमार्ने उद्योगको मुद्दा लागेका गुरुङ आइतबार अदालतमा उपस्थित भएकामा अदालतले साधारण तारेखमा छाड्ने निर्णय गरेको हो ।

२०७४ जेठमा काठमाडौंको चाबहिलमा तत्कालीन माओवादी कार्यकर्ता खड्कामाथि गुरूङको निर्देशनमा आक्रमण गरिएको दाबीसहित गएको वैशाखमा मुद्दा परेको थियो ।

उक्त मुद्धामा काठमाडौं जिल्ला अदालतले गएको असोज ८ गते गुरुङविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds