टिम नेपोद्वारा विद्यार्थीलाई ट्राफिक सचेतना

टिम नेपोद्वारा विद्यार्थीलाई ट्राफिक सचेतना

IMG_20191020_153326

तनहुँ । टिम नेपो तनहुँले विद्यार्थीलाई ट्राफिक नियम सम्बन्धि सचेतना प्रदान गरेको छ ।

व्यास-१० स्थित चण्डिदेवि राष्ट्रिय माध्यमिक विद्यालयमा टिम नेपो तनहुँले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ संग सहकार्य गरि सो कार्यक्रम गरेको हो ।

ट्राफिक नियम सम्बन्धि सचेतना जिल्ला ट्राफिक कार्यालय तनहुँका प्र सा नि रेशम बहादुर गुरुङले दिएका थिए ।
कार्यक्रममा ट्राफिक बत्ती, नम्बर प्लेट, ट्राफिक नियम, सवारी दुर्घटना सम्बन्धि जानकारी विद्यार्थीहरु लाई दिइएको थियो । ट्राफिक सचेतना सम्बन्धि भिडियो सामाग्री समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता टिम नेपो तनहुँका अध्यक्ष सुजन लौडारिले गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुंगाना रहेका थिए ।

कार्यक्रममा रोट्रयाक्ट क्लब अफ दमौलीका अध्यक्ष मनोज राउत, विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण आचार्य रहेका थिए ।

कार्यक्रमको स्वागत टिम नेपो तनहुँका सचिव बिशाल खत्री र संचालन संस्थाका सदस्य सागर घिमिरेले गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ