विद्युतीय बस खरिद प्रक्रिया राेक्न सरकारले दियाे निर्देशन

विद्युतीय बस खरिद प्रक्रिया राेक्न सरकारले दियाे निर्देशन

sajha-bus

काठमाडौं – सरकारले विद्युतीय बस किन्ने प्रक्रिया रोक्न  साझा यातायातलाई निर्देशन दिएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विद्युतीय बस खरिद प्रक्रिया तत्काललाई अघि नबढाउन साझालाई निर्देशन दिएको हो । सरकारले एक वर्षअघि नै तीन सय विद्युतीय बस किन्ने निर्णय गरेको थियो । तर आज किन ती बस खरिद गर्ने प्रक्रिया रोक्न लगाइएको हो, सो बारे भने केही खुलाइएको छैन ।

सरकारको यो निर्देशनपछि साझा यातायातले भने असन्तुष्टि व्यक्त गरेको छ । विद्युतीय बस खरिद प्रक्रिया अघि बढाउन भनेरै गत साउनमा एकैपटक ३ अर्ब रुपैयाँ सरकारले साझालाई दिएको थियो । यसमा प्रदेश ३ सरकारले पनि रु ३० करोड दिएको थियो भने काठमाडौं महानगरपालिकाले १० करोड, ललितपुर महानगरपालिकाले २ करोड उपलब्ध गराएको छ । त्यसैगरी साझाले पनि २ करोड छुट्याएको थियो ।

भारतबाट बस खरिद गर्ने प्रक्रिया अघि बढाउन लाग्दा सरकारले अचानक सो प्रक्रिया रोक्न निर्देशन दिएको हो । स्रोतका अनुसार बस खरिद प्रक्रिया छिटो बनाउन साझाले ‘जीटूजी’ प्रस्ताव ल्याएको र सोही कारण सरकार साझासँग असन्तुष्ट बनेको बुझिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds