पुलिस थानाभित्र टिकटक बनाउने ४ पक्राउ (भिडियो सहित)

पुलिस थानाभित्र टिकटक बनाउने ४ पक्राउ (भिडियो सहित)

1571559697tiktok

भारतको गुजरातस्थित बनास्कण्ठ जिल्लाको एक पुलिस थानाभित्र टिकटक भिडियो बनाएपछि चार जना पक्राउ परेका छन्। गत आइतबार झगडा गरेको आरोपमा ५ जनालाई प्रहरीले सोधपुछका लागि थानामा बोलाएका थियो। प्रहरीले एक जनालाई सोधपुछ गर्दै गर्दा अरु चार जनाले भिडियो बनाइ टिकटकमा अपलोड गरेका थिए।

पछि प्रहरीले वाट्सएपमा भिडियो पाएपछि सूचना प्रविधि ऐनको मुद्दामा एफआइआर दर्ता गरेको प्रहरीले जनाएको छ। अटुल ठाकोरे, दिलिप ठाकोरे, अल्पेश ठाकोरे र महेन्द्र ठाकोरेले भिडियो बनाएका हुन्।

उक्त भिडियोमा चार जना गित बजाएर नाचिरहेका छन्। एक जनाले पानीको बोतल समातेर रक्सी खाएको अभिनय गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ