धारिलो हतियार प्रयोग गरी २८ वर्षीया कल्पनाको विभत्स हत्या

धारिलो हतियार प्रयोग गरी २८ वर्षीया कल्पनाको विभत्स हत्या

भोजपुर– एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–१ नेपालेडाँडाबाट खेल हेरेर घर फर्कदै गरेकी वडा नं ३ बस्ने २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने उपङ्खा भन्ने ठाउँमा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीको भनाइ छ ।

हाटबाट फर्किँदै गरेका कल्पना राई र घाइते १८ वर्षीया नवीना राईमाथि धारिलो हतियार प्रयोग भएको हो । मृतक कल्पनाको शरीरको विभिन्न भागमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो भने घाइते नवीनाको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ ।

घटनामा संग्लग्न भएको आशङ्कामा प्रहरीले षडानन्द नगरपालिका– ३ का २१ वर्षीय प्रदीप बस्नेतलाई आज बिहान पक्राउ गरेको छ । घटनाको विषयमा अनुसन्धान शुरु भएको प्रहरीको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ