काठमाडौं । मोहम्मद अफताब आलम रौतहटका प्रभावशाली नेता हुन् । कुनैबेला उनका काका शेख इदिश रौतहटमा प्रभावशाली थिए । काकाको विरासत अफताबले सम्हाले । नेपाली काँग्रेसका नेता अफताबलाई चुनाव हराउन सायदै कसैले सक्थ्यो । उनीसँग पहुँच प्रभावका अलावा मसल र मनी पनि थियो । रौतहटको प्रहरी प्रमुख उनैले बनाएर लान्थे । कोही गइहालेमा उनीसँग नजिक भइहाल्थ्यो ।
२७ चैत्र २०६४ मा ईँट्टा भट्टामा जिउँदै मान्छेलाई हालेर हत्या गर्न लगाएको अभियोग लागेका अफताबले घटना घटाएको भनिएको समयमा प्रहरी प्रमुख थिए लक्ष्मण न्यौपाने । मधेश आन्दोलनका बेला टीकापुरमा भएको आक्रमणमा न्यौपानको हत्या भएको थियो । अहिले न्यौपाने जिउँदो भएको भए उनीमाथि ईँट्टा भट्टामा मान्छे मार्दाको घटनाबारे अनुसन्धान नगरेको विषयले प्रश्न उठ्ने थियो ।
न्यौपानेले राजनीतिक दबाबका कारण पनि घटनाका दोषीलाई नियन्त्रणमा लिएनन् । तर, उनले अनुसन्धान गरी घटनाबारे केही जानकारी सुरक्षित राखे । न्यौपानेपछि त्यहाँ धेरै प्रहरी प्रमुख भए गए । जसमध्ये पूर्व एआइजी जयबहादुर चन्द पनि थिए । धनानन्द भट्ट, वर्तमान डिआइजी पीताम्बर अधिकारी, धनश्याम अर्याल, ठूले राई, महेशविक्रम शाह, गोविन्द परियार, उमेश रञ्जितकार, सानुबाबु थपलिया, प्रधुम्न कार्की, गणेश रेग्मी यज्ञबिनोद पोखरेल, रवीन्द्र केसी समेत प्रहरी प्रमुख भएर गए तर दोषी प्रहरीको कारबाहीको दायरामा ल्याइएन ।
वर्तमान एसपी भूपेन्द्र खत्रीको पालामा बल्ल घटनाको कारबाही अगाडि बढेको छ । प्रहरीको मािथल्लो निकायका अलावा गृह मन्त्रालयबाट पाएको निर्देशन बमोजिम कारबाही अगाडि बढेको हो । त्यसमा सर्वोच्च अदालतले दिएको आदेशले विशेष काम गर्यो । विगतमा सर्वोच्चको आदेशको बेवास्ता गरी आलमलाई कारबाहीको दायरामा ल्याउन कसैले साहस गरेनन् । बल्ल उनको फाइल खुल्यो ।
रिपोर्टर्स नेपाल
सम्बन्धित खबर
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए