पाइपलाइनबाट आयो एक महिनामा साढे चार करोड लिटर डिजेल

पाइपलाइनबाट आयो एक महिनामा साढे चार करोड लिटर डिजेल

dijel

काठमाडौं ।  पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको एक महिनामा साढे चार करोड लिटर डिजेल आयात भएको छ । भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म बिछ्याइएको यो दक्षिण एसियाकै पहिलो अन्तरर्देशीय पाइपलाइन हो ।

नेपाल र भारतका प्रधानमन्त्रीले गत भदौ २४ गते पाइपलाइनको स‍युक्त उद्घाटन गरेका थिए । त्यस दिनदेखि २९ असोजसम्ममा चार करोड ६० लाख लिटरभन्दा बढी डिजेट आयात भएको छ । यसरी आयात गर्दै कत्ति पनि चुहावट भएको छैन । भण्डारण समस्याले गर्दा हाल पाइपलाइनबाट डिजेल मात्रै आयात गरिन्छ ।

पाइपलाइनबाट आयात भएको डिजेल भैरहवा, पोखरा, थानकोट, विराटनगरलगायत देशभरका निगमको डिपोमा माग भएअनुसार नै उपलब्ध गराइएको निगमले जानकारी दिएको छ । पाइपलाइनको पूर्ण सञ्चालनसँगै भारतीय आयल निगमको बरौनी, बैतलापुर, मुगलसराई, गोडालगायतका डिपो तथा रिफाइनरीबाट डिजेल आयात रोकिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds