असोज १५, १६ र २३ गते १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार !

असोज १५, १६ र २३ गते १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार !

Stop Violence Children And Abuse In Family Concept

सांकेतिक तस्वीर

वीरेन्दन्द्रनगर– १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का, वडा नं ४ का २३ वर्षीय धनबहादुर खत्री, बराहताल गाउँपालिका–२ का २३ वर्षीय रोशन वली र २१ वर्षीय नरेश बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

पीडित बालिकाले आइतबार दिएको जाहेरीका आधारमा प्रहरीले आरोपी सबैलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको हो । जिल्ला प्रहरी कार्यालयले आरोपीलाई हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको लागि म्याद थप गरिसकेको छ ।

ती बालिकाले प्रहरीलाई दिएको जाहेरीमा आफूलाई उनीहरुले पालैपालो असोज १५, १६ र २३ गते एक पटक चार जनाले र अर्को पटक दुई जनाले करणी गरेको उल्लेख छ । जाहेरी परेलगत्तै आवश्यक प्रमाण सङ्कलन र आरोपीलाई पक्राउ गरी अनुसन्धान थालिएको रावलले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds