एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी

एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी

nrn nepa;

काठमाडौं – कुमार पन्त गैरआवासीय नेपाली संघको नवौं महाधिवेशनबाट  अध्यक्ष पदमा  निर्वाचित भएका छन् । पन्तले अध्यक्षका अर्का उम्मेद्धवार कुल आचार्यलाई पराजित गरेका हुन्। मतगणनाको सुरुवाती चरणमा आचार्य अगाडि रहेका थिए । यद्धपी निर्वाचन कमिटीले मतपरीणाम सार्वजनिक गरेको छैन् । अध्यक्षका उम्मेद्धवार पन्तले मतगणना सम्पन्न भैसकेको र भेला हुन प्रतिनिधिहरुलाई आग्रह गरेकोले उनी विजयी भएको हाम्रो बुझाई छ ।

तर, मतगणनाको अन्त्यतिर आएपछि पन्तले आचार्यलाई निकै पछाडि पारे । पन्त संघका छैटो अध्यक्ष हुन् । यसअघि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले दुई कार्यकाल, देवमान हिराचनले एक कार्यकाल, जीवा लामिछानेले एक कार्यकाल, शेष घलेले दुई कार्यकाल र भवन भट्टले संघको नेतृत्व गरेका थिए ।

बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो। नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा दुई हजार ३४० मत खसेको थियो। बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds