तनहुँ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव हुने भएको छ ।
महोत्सव कार्तिक २० गतेदेखि कार्तिक ३० गतेसम्म हुने नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले बताईन ।
महोत्सवमा २ सय ३० स्टल हुने आयोजकले जनाएको छ । ३ लाख दर्शकले महोत्सव अवलोकन गर्ने र ३ करोड बराबरको कारोबार हुने लक्ष्य आयोजकले लिएको छ ।
महोत्सव व्यास-४ सिमलटारमा हुने आयोजकले जनाएको छ । नयाँ ठाउँको प्रचारप्रसार गर्न नयाँ स्थान छनौट गरिएको आयोजकले बताउछ्न ।
विभिन्न जातजातिको मौलिक संस्कृतिलाई बढी प्राथमिकता दिइने अध्यक्ष घर्तीले बताईन । ‘टिकटको मुल्य अहिले ६० रुपैयाँ र विद्यार्थीको हकमा भने ४० रुपैयाँ राखिएको छ’ अध्यक्ष घर्तीले भनिन ‘वृद्धवृद्धा लाई भने निशुल्क महोत्सव अवलोकन गर्ने व्यवस्था रहेको छ ।’
महोत्सवबाट हुने मुनाफाबाट परिषद तनहुँको अधुरो भवन पुरा गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको उनले बताईन । ५ सय १ मुल समारोह समिति गठन गरि महोत्सवको तयारी थालिएको अध्यक्ष घर्तीले बताईन । जनजाति नमुना गाउँ, आदिवासीको कला संस्कृतीलाई मुख्य प्राथमिकतामा राखेर महोत्सव संचालन हुने आयोजकको भनाई छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते