एजेन्सी – अमेरिकी बक्सिङ खेलाडी प्याट्रिक डेको शिकागोमा बुधवार मृत्यु भएको छ । शनिवार चार्ल्स कन्वेलसँग दशौं चरणको खेलमा टाउकोमा मुक्का बजारिएपछि मस्तिष्कमा आघात पुगेर उनको मृत्यु भएको हो ।
२७ वर्षीय डे कोमामा चार दिन परेका थिए । नर्थवेस्टर्न मेमोरियल हस्पिटलमा आकस्मिक मस्तिष्क सर्जरी गरेपनि चिकित्सकहरूले डेलाई बचाउन सकेनन् । कन्वेलले एकपछि अर्को पन्च हानेपछि डेलाई गम्भीर चोट लागेर हलचल गर्न सकेका थिएनन् र स्ट्रेचरमा राखेर उनलाई अस्पताल कुदाइएको थियो । व्यावसायिक बक्सर बन्नुअघि डेले दुईवटा राष्ट्रिय पुरस्कारका साथै अन्य धेरै पुरस्कार जितेका थिए । उनी सन् २०१३ मा व्यावसायिक बक्सर बनेका थिए ।
https://www.youtube.com/watch?v=mtavFyA245w
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम