पोखरा । पत्रकार कृष्णमणि बराललाई उत्कृष्ट टान पत्रकार अवार्डबाट सम्मान गरिएको छ । टे«किङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको २६ औं साधारणसभामा बराललाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, टान पोखराका अध्यक्ष हरि भुजेलले सम्मान पत्र र नगद १० हजार सहित सम्मान गरे ।
अन्नपुर्णपोष्टमा कार्यरत बरालले नयाँ पर्यटकीय गन्तब्यको समाचार सम्पे्रषण गरि पदयात्रा पर्यटनको विकासमा योगदान दिएको भन्दै टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले सम्मान गरेको हो । कार्यक्रममा उत्कृष्ट पथप्रदशक सुनीता गुरुङ, सगरमाथा आरोही गोपाल श्रेष्ठ, नेपालको पहिलो सगरमाथा उचाई मापन टोलीका प्राविधिक टोलीको नेतृत्व गरेको प्रमुख नापी अधिकृत खिमलाल गौतम लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले नयाँ पदमार्गको खोजी गर्नु पर्ने बताए । उनले हिमाली क्षेत्र तर्फमा मात्रै हैन दक्षिण तर्फ सास्कृतीक पदमार्गको विकास गर्नु पर्ने बताए । टे«किङ एजेन्सीज एशोसियसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुबेदीले धौलागीरि हिमाल क्षेत्रका पदमार्ग जोखिम पुर्ण भएको बताउदै त्यस क्षेत्रमा जादा पथप्रर्दशक अनिवार्य लैजानु पर्ने बताए ।
कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोख्रेल, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारी, म्याग्दीको अन्नपुर्ण गाउँपालिका अध्यक्ष गमबहादुर पुन, टे«किङ एजेन्सीज एशोसियसन अफ नेपाल पोखराका पुर्व अध्यक्ष बसन्त दवाडी, अध्यक्ष हरि भुजेल, उपाध्यक्ष सुशिल पौडेल, सचिब जिवन सापकोटा लगाएतले नेपालमा ६० प्रतिशत पर्यटक पदयात्राका लागि आउने भए पनि पदमार्ग मासिदै गएकोमा चिन्ता व्यक्त गरे । उनीहरुले राज्यले सडक लगेपनि पदमार्गका लागि बैकल्पीक मार्गको समेत खोजी गर्नु पर्ने बताए ।
सम्बन्धित खबर
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो