विप्लवका दाजु सहित २१ जना नेता कार्यकर्ता प्रहरीको नियन्त्रणमा

विप्लवका दाजु सहित २१ जना नेता कार्यकर्ता प्रहरीको नियन्त्रणमा

biplab

पोखरा –  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा विरूद्ध सरकार कडा रूपमा प्रस्तुत भएको छ। सरकारले विप्लव नेता कार्यकर्तालाई पक्राउ गर्ने कार्यमा तिव्रता ल्याएको छ। यस्तै गएराती प्रहरीले २१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ। दाङको राजपुर–४ मुंग्रेटा खोलामा राप्ती ब्यूरोको बैठक बसिरहेका बेला प्रहरीले पक्राउ गरेको हो।

गोप्य सुचनाका आधारमा प्रहरीले छापा हानेको थियो। बैकठस्थल नै कब्जा गरेर प्रहरीले नेकपा महासचिव विप्लवका दाजु केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंग’, राप्ती ब्यूरो इन्चार्ज केशवबहादुर बाठा ‘सुवास’ र दाङ इन्चार्ज सबिन पोखरेलसहित २१ जना नेतालाई पक्राउ गरेको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds