पोखरा । प्रहरीले पोखरामा जुवातास खेल्ने करिब साढे २ सय जना पक्राउ परेका छन् । यो पछिल्लो तीन महिनाको तथ्यांक हो । कास्की प्रहरीले गरेको स्विप अपरेसनमा साउन यता २ सय ३२ जना जुवाडे पक्राउ परेका हुन् ।
त्यसमध्ये पुरुष २ सय १७ जना छन् भने महिला १५ जना छन् । पछिल्ला महिनाहरुमा पोखरामा जुवातास खेल्नेहरु बढिरहेका छन् । पक्राउ परेका अधिकांश पेसेवार रहेको प्रहरीले जनाएको छ । यो अवधीमा २० लाख ३६ हजार नगद बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
शनिबार र आईतबार मात्रै साढे ७ लाख नगद सहित ३२ जुवाडे पक्राउ परेका छन् । सबैभन्दा धेरै असोज महिनामा नगद बरामद गरेको कास्की प्रहरीले जनाएको छ । असोजमा ८ लाख ९५ हजार नगद बरामद भएको छ भने भदौमा ५ लाख ५९ हजार र साउनमा ५ लाख ८१ हजार बरामद भएको कास्कीका प्रहरी निरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।
असोजमा ६८ वटा जुवातासको मुद्धा दर्ता भएको छ भने ७० जना पक्राउ परेका छन् । यस्तै, भदौमा ११ मुद्धामा ७८ जना कारबाहीमा परेको तथ्यांक छ । साउनमा १२ वटा मुद्धाबाट ८४ जनालाई कारबाही गरिएको छ । कास्की प्रहरीले आइतबार राती मात्रै पोेखरा १८ बाट ६ लाख १० हजार नगद सहित १५ जनालाई कौडा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
सम्बन्धित खबर
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो