काठमाडौं । जहाज ढिलो भएको भन्दै जनकपुर विमानस्थलमा सोमबार तोडफोडमा उत्रिएका राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साह पक्राउ परेका छन्।
साहलाई महानगरीय अपराध महाशाखाको टोलीले त्रिभुवन विमास्थलको आन्तरिक टर्मिनलस्थित भीआईपी कक्षबाट पक्राउ गरेको हो। ‘जनकपुरबाट पक्राउ पूर्जी जारी भएपछि हाम्रो टोलीले आन्तरिक टर्मिलनको भीआईपी कक्षबाट पक्राउ गरेको हो’, अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भने, ‘उनलाई अब जनकपुर नै पठाउने तयारी गरेका छौँ।’ थापाका अनुसार साह ओखलढुंगा जानका लागि आन्तरिक टर्मिनलको भीआईपी कक्षामा बसिरहेका थिए। साहले सोमबार ११ बजेर २० मिनेटमा आउनुपर्ने बुद्ध एयरको जहाज दिउँसो साढे १ बजेसम्म पनि नआएको भन्दै आक्रोशमा आएर जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी शेखर खनालले बुद्धको काउन्टर तोडफोडपछि सांसद साहले गल्ती स्वीकार्दै माफी मागेको बताएका थिए। बुद्ध एयरको चेक काउन्टरमा तोडफोड र कर्मचारीमाथि दुर्व्यवहारमा संलग्न साहमाथि कारवाही नभए जनकपुरमा जहाज नउडाउने चेतावनी वायुसेवा संचालक संघले सोमबारै दिएको थियो । सोमबार विज्ञप्ती जारी गर्दै संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले निकालेको विज्ञप्तिमा दोषीउपर सात दिनभित्र कारवाही नभएमा जनकपुर विमानस्थलमा सम्पूर्ण उडान स्थगन गर्ने चेतावनी दिएका थिए।
सम्बन्धित खबर
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए