हत्या आरोपमा पक्राउ परेका सांसद आलमको पद खोसियो

हत्या आरोपमा पक्राउ परेका सांसद आलमको पद खोसियो

mohammad-aftab-alam-13102019074025-750×375

काठमाण्डौ। हत्या आरोपमा पक्राउ परेका मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बनमा परेका छन् । संसद सचिवालयले सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी दिएको हो । यस्तै उनले पाउने सबै सेवा सुविधा पनि खोसिएको छ। संघीय संसद सचिवालयका सचिव डा. भरतराज गौतमले सोमबार एक सूचना जारी गर्दै आलमले सांसद पदबापद पाउने सुविधा नपाउने गरि निलम्बन गरिएको जनाएका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहट, गौरले कर्तव्य ज्यान मुद्दाको अनुसन्धानको सिलसिलामा प्रतिनिधिसभामा रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद आलमलाई जिल्ला अदालत रौतहटको पक्राउ पूर्जीअनुसार पक्राउ गरिएको प्रहरीबाट जानकारी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई गराएको उल्लेख गर्दै सचिव गौतमले उक्त सूचना जारी गरेका छन्।

आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनीमाथि २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds