धरान प्रहरीले पेस्तोल सहित नसालु पदार्थ कारोबार गर्दै आएका एक व्यक्तिलाई नियन्त्रणममा लिएको छ । लामो समयदेखी धरानमा नसालु पदार्थ र पेस्तोलको कारोवार गर्दै आएका एक जनालाई धरान प्रहरीले नियन्त्रणमा लिइ सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज न्यौपाने नेतृत्वको प्रहरी टोली सुनसरीको कोसी गाँउपालिका–३ घर भई धरान १० बस्ने निरज कुमार राउतलाई आइतबार साझ नियन्त्रण्मा लिई सोमबार सार्वजनिक गरेको हो । समातिएका राउतलाई जिल्ला अदालत सुनसरीबाट आवश्यक अनुसन्धानका लागी म्याद थप गरी उनको कोठाबाट बरामत भएको पेस्तोल त्यसमा लाग्ने म्याग्जिन, गोली तथा नसालु पदार्थ बरामत गरी प्रहरीले सामेवार पत्रकार सम्मेलन गरेको हो ।
पाँच दिनको प्रयास पछि विशेष सुराकीको आधारमा धरान उपमहानगरपालिका १० स्थित बलबहादुरको घरमा डेरा गरी बस्दै आएका राउतको कोठामा छापामारी भारी मात्रामा नसालु पदार्थ र हतियार बरामत गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताएका छन् ।
राउतले लामो समय देखी धरान तथा आसपासका क्षेत्रका नसालु पदार्थ बिक्री गर्दे आएको वताए । प्रहरीले राउतको कोठामा छापा मारी एउटा एक थान म्याग्जिन सहितको पेस्तोल, १३ राउण्ड गोली, नसालु पदार्थहरु स्पास्मो प्रोक्सिवन एकहजार ९ सय ४४ क्याप्सुल, डाईलेक्स डिसी एकसय २ सय २५ बोतल, नाईट्रजन ६सय ४० थान, ७ ग्राम खैरो हिरोइन तथा नगद ११ हजार ३ सय ३० रुपैयाँ नगद बरामत गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले बताएका छन् ।
धरान प्रहरी अहिले सम्मकै ठुलो परिमाणको भएको दाबी गरेको छ । राउतलाई नसालु पदार्थ र हातहतियार खरखजना ऐन अन्र्तगत मुद्धा दर्ता गरि कार्वाही प्रकृया अगाडी बढाई सकिएका प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु