काठमाडौं– सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन् । प्रधानमन्त्री समेत रहेका ओलीले कम्तिमा पनि ६ जना मन्त्रीलाई हटाउने गरी मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको भनेर अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई जानकारी गराएका छन् ।
सोमबार बिहान बालुवाटारमा भएको छलफलका क्रममा ओलीले प्रचण्डलाई मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको जनाएका हुन् । नेकपा सचिवालयले मन्त्रीमण्डल पुनर्गठनबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री ओलीलाई नै दिएको थियो ।
सोमबार बिहान बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले बर्खास्तीमा पर्ने भनेर ८ जना मन्त्रीको नाम पढेर प्रचण्डलाई सुनाएका थिए । प्रचण्डले केही मन्त्रीको विषयमा फेरि सोच्न भनेपछि २ जनाको जिम्मेवारी हेरफेर गर्ने र ६ जनालाई बर्खास्त गर्न सकिने विकल्पबारे छलफल भएको थियो ।
‘प्रधानमन्त्रीज्युले शुरुमा सबै मन्त्रीलाई राजीनामा दिन लगाएर मन्त्रीमण्डल पुनर्गठन गर्ने प्रस्ताव राख्नुभएको थियो,’ सोमबार बालुवाटारमा ओली र प्रचण्डबीचको भेटवार्तामा भएको कुराकानीबारे जानकारी दिँदै प्रचण्डले सबै जनाको राजीनामा माग्दा उपयुक्त नहुने भनेपछि प्रधानमन्त्रीले ८ जनाको नाम पढेर सुनाउनुभयो ।’ स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रीहरु मात्रिका यादव, लालबाबु पण्डित, थममाया थापा, बिना मगर, युवराज खतिवडा, चक्रपाणी खनाल, शक्ति बस्नेत र रघुबीर महासेठको नाम पढेर सुनाएका थिए । तर, प्रचण्डले केही मन्त्रीको विषयमा पुनर्विचार गर्नुपर्ने भनेपछि प्रधानमन्त्री ओलीले २ जनाको जिम्मेवारी हेरफेर गर्न सकिने विकल्प सुनाएका थिए । जवाफमा प्रचण्डले सचिवालय बैठकबाट निर्णय लिँदा उपयुक्त हुने बताएका स्रोतले जानकारी दियो ।
प्रचण्डले सचिवालयको बैठक बोलाउने प्रस्ताव गरेपछि प्रधानमन्त्री ओलीले पनि तत्कालै सचिवालय बैठक बोलाउने विषयमा सहमति जनाए । दुवै नेताको सहमतिअनुसार सोमबार साँझ ५ बजेका लागि पार्टी सचिवालयको बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दियो ।प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग लिन कात्तिक ७ गते अजरबैजान जान लागेका छन् । ओली अजरबैजान जानुभन्दा अगाडि नै मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारीमा रहेका बालुवाटार स्रोतले जानकारी दियो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु