काठमाडौं– काठमाडौंको दरबारमार्गस्थित भिक्ट्री लाउन्ज क्लबमा लागेको आगो करिब ३ घण्टा पछि नियन्त्रणमा आएको छ । आइतबार साँझ साढे ६ बजेदेखि सुरु भएको आगो दमकल, प्रहरी र स्थानीयको प्रयासमा नियन्त्रणमा लिइएको हो । प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिएको छ ।
क्लबमा रहेका ग्यासका सिलिण्डरमा आगो सल्किएपछि विस्फोट हुँदा आगो नियन्त्रणमा लिन हम्मे हम्मे परेको थियो । क्लब भिक्ट्रीमा पूर्ण रुपमा जलेको छ । आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।
प्रहरीका अनुसार लाउन्जबाट मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको थियो । आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित ८ वटा दमकल खटिएको थियो ।
https://www.facebook.com/gandaknews/videos/2523898571007217/
फायर फाइटर घाइते
आगो निभाउने क्रममा एक जना फायर फाइटर घाइते भएका छन् । उनको परिचय खुलेको छैन । हाल उनलाई उपचारका लागि वीर हस्पिटलको ट्रमा सेन्टर पुर्याइएको छ । उनको अवस्था सामान्य रहेको डीएसपी बोगटीले बताए ।
सम्बन्धित खबर
रवि लामिछानेलाई भोलि मंगलबार काठमाडौँ लगिँदै
मुद्दा चलाउने आधार नभेटिएपछि कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी रिहा
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम