पोखरा । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा ७१ हजार ८ सय ७१ मतदान गर्न पाउने भएका छन् । तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुन लागेको हो ।
देशका अन्य क्षेत्र सहित साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावली अनुसार उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाता रहेका छन् ।जस मध्ये २ लाख ३३ हजार ४ सय २ महिला र २ लाख २० हजार ७ सय १० जना पुरुष छन् । त्यस्तै २ जना समलिंगी तेस्रोलिंगी मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै प्रदेशसभा सदस्य पदको उपनिर्वाचन हुने भक्तपुरको निर्वाचन क्षेत्रमा ४५ हजार १५, बाग्लुङको निर्वाचन क्षेत्रमा ३६ हजार ९ सय २२६ र दाङको निर्वाचन क्षेत्रमा ७३ हजार १ सय ७२ मतदाता रहेका आयोगका प्रवक्ता गिरिजा शर्माले जानकारी दिएका छन् ।
मंसिर १४ गते प्रतिनिधिसभाको १, प्रदेशसभाको ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउाँलिका उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाअध्यक्ष ४३ गरी कुल ५२ पदमा निर्वाचन हुँदैछ ।आयोगले उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा कुल २ सय ४७ स्थलमा ५ सय ३७ निर्वाचन केन्द्र राखेको आयोगका प्रवक्ता शर्माले जानकारी दिए ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो