परस्त्रीसँग आपत्तिजनक अवस्थामा पक्राउ परेका मालपोत प्रमुखलाई १० दिन म्याद थप

परस्त्रीसँग आपत्तिजनक अवस्थामा पक्राउ परेका मालपोत प्रमुखलाई १० दिन म्याद थप

pakrau

File Photo.

कञ्चनपुर – अनैतिक सम्बन्ध राखेको आरोपमा कञ्चनपुरको बेलौरीबाट पक्राउ परेका निजामती कर्मचारी भोज बहादुर ऐडी र स्थानीय विवाहित महिलालाई १० दिन म्याद थप गरी प्रहरी हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आदेश दिएको छ ।

बेलौरीस्थित मालपोत कार्यालयका प्रमुख  ऐडी परस्त्रीसँग आपत्तिजनक अवस्थामा पक्राउ परेका हुन्। प्रमुख ऐडीलाई एक ३४ वर्षीया महिलासँग आपत्तिजनक अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। स्थानीयको सूचनाका आधारमा प्रहरीले प्रमुख ऐडीलाई पक्राउ गरेको हो । त्यस्तै मालपोत प्रमुख ऐडीसहित उनलाई घरमा बोलाउने महिला पनि पक्राउ परेकी छन् । ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक रण बहादुर चन्दले महिलाका परिवारले दिएको उजुरीका आधारमा कार्यालय प्रमुख ऐडी र महिलालाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको बताए। प्रमुख ऐडी र महिला बुधबार राति आपत्तिजनक अवस्थामा पक्राउ परेका हुन् ।

स्थानीय विवाहित महिलासँग अवैध यौन सम्बन्ध राखेको फोटो ती महिलाकै मोबाइलमा भेटिएपछि उनका श्रीमानले सोधपुछ गर्दा दुवै जनाले स्वीकारेपछि बुधबार इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले निजामति कर्मचारी र महिलालाई पक्राउ गरेको थियो ।

दुवैजनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर चलान गरी हिरासतमा राखिएको छ । उनीहरु बिरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यले जानकारी दिनुभयो । निजामति कर्मचारी भोज बहादुर ऐडीका एक श्रीमती सहित १ छोरा र १ छोरी छन् भने र स्थानीय महिलाका एक श्रीमान् र २ छोरा छन् ।

गत वर्ष दार्चुलाको लेकम गाउँपालिकाबाट कञ्चनपुरको बेलौरी नगरपालिकामा सरुवा भई केही महिना निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा जिम्मेवारी सम्हालेका ऐडीले त्यसपछि मालपोत कार्यालय बेलौरीको प्रमुखको रुपमा काम गरेका थिए । बेलौरी मालपोत कार्यालयबाट सरुवा मिलाई पुनः बेलौरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा ल्याउँदा नगरपालिकामासमेत उनी विवादित बनेका थिए ।

प्रमुख प्रशासकीय अधिकृतका रुपमा उपसचिव छँदाछँदै शाखा अधिकृत स्तरका कर्मचारीलाई जिम्मेवारी दिन खोज्दा झण्डै दुई हप्ता जति नगरपालिकामासमेत विवाद चुलिएको थियो । अन्ततः उनको बैतडी स्थित दशरथचन्द नगरपालिकामा सरुवा भएपनि दशैँ बिदापछि मात्रै जाने भनी रमाना बुझ्न बाँकी नै रहेको बताइएको छ ।

सेवाग्राहीको काम छिटो, छरितो र बिना रोकटोक गरेर राम्रो कर्मचारीको छवी बनाएका ऐडी अन्ततः अबैध यौनकाण्डमा मुछिएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds