यो वर्षको दशैंको अन्तिम अर्थात आज कोजाग्रत पूर्णिमा हो । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको बडादसैं सोमबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको पूजाआराधना गरी समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाको साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ ।
यस दिन महालक्ष्मी ‘रातभर को जागेको छ’ भनेर मत्र्यलोक भ्रमण गर्ने र जाग्राम बसेका मानिसको घरमा प्रवेश गरी धनधान्य तथा ऐश्वर्य प्रदान गरी सम्पन्न बनाउँछिन भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउने गरिएको हो ।
दसैंको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दसैंघर र कोतहरूमा राखिएका जमरा यसैदिन विसर्जन गरिन्छ । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखबाट भक्तपुर गछेंस्थित नवदुर्गा पीठमा पूजाअर्चना गरी बडादसैं समापन भएको सूचना दिने प्रचलन छ ।
तिहारअन्तर्गत महाक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको पूजाआराधना गरिने भएकाले पनि यस पर्वको विशेष महत्व रहेको बताइन्छ । आज महालक्ष्मीसँगै हात्तीमा सवार इन्द्रको पनि पूजा गरिन्छ । आजैबाट कात्तिक स्नान र आकाश दीपदान सुरु हुन्छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु