काठमाण्डौ । बलात्कारको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई तनावको समस्या यथावत् छ । प्रहरी हिरासतमा रहेका महरा अनिद्रा र तनावको समस्याका कारण अझै केही दिन अस्पताल बस्ने भएका छन्।
प्रहरी हिरासतमा रहेका महराको स्वास्थ्यमा समस्या देखिएपछि असोज २३ गते उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएको थियो। उनको रगतमा सुगर देखिएको छ। औषधी खाएकाले रक्तचाप केही ठीक भए पनि महरालाई अहिले अनिद्रा र तनाव ९स्ट्रेस० को समस्या रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
उनलाई हाल क्याबिनमा राखिएको छ। संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयासमा महरालाई प्रहरीले अदालतको अनुमति लिएर सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको हो । उनको बयान असोज २८ गते अदालत खुलेपछि मात्र हुने भएको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम