ओखलढुंगा – ताप्लेजुङमा कार्यरत प्रहरी जवान विनोद परियार र उनका भाइ निरकुमार परियारलाई मरणासन्न हुने गरी कुटपिट गर्ने विवेक तामाङसहित अन्य ६ जनालाई पक्राउ गरेको हो । दशैँ मनाउन घर आउँदै गरेका प्रहरी जवानमाथि मरणासन्न हुने गरी कुटपिट गर्ने एक समूहलाई प्रहरीले पाक्राउ गरेको छ ।
श्रीमती र बच्चासहित गत असोज १९ गते महाअस्टमीको दिन झापादेखि ओखलढुंगासम्म आएका परियारका दाजुभाइलाई मिलनचौक देखी स्थायी घर चिशंखुगढी गाउँपालिका पोखरेसम्म जाने क्रममा सिद्धिचरण नगरपालिका ३ बास्बोटेमा पुगेपछि गाडीबाट झारेर उनीहरूले कुटपिट गरेका थिए ।
कुपटिपबाट परियार दाजुभाइको आँखा, टाउको लगायतका शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनीहरूको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
झापाबाट आएर मिलनचौकमा ओर्लिएपछि पोखरेको गाडी चढ्ने क्रममा युवाहरूको समूहले विनोदका श्रीमतीलाई जिस्काएपछि उनिहरुबीच विवाद सुरु भएको थियो । त्यसपछि केही समयको विवादपछि उनीहरू मिलेर स १ ज ५५२ नम्बरको गाडीमासँगै पोखरेतर्फ लागेका थिए ।
तर सिद्धिचरण नगरपालिका ३ बास्बोटेमा पुगेपछि केटाहरूले गाडी रोकेर प्रहरी जवान विनोद र उनका भाइ निरकुमारलाई बाहिर निकाली मरणासन्न हुने गरी कुटपिट गरेर झन्डै २० मिटर तल झाडीमा फ्याँक्दिएको ओखलढुंगा प्रहरी प्रमुख पुष्पराज मल्लले बताए ।
विनोदका श्रीमतीले आफ्ना श्रीमान् र देवरमाथि कुटपिट भएको भन्दै प्रहरीमा खबर गरेपछि प्रहरीले उद्धार गरी उपचारमा लागेको प्रमुख मल्लको भनाई छ । परियार दाजुभाइमाथि मुक्का,रड,ढुङ्गा लगायत बस्तु प्रहार भएको प्रहरीको अनुमान छ ।
कुटपिटमा १० देखी १२ जना युवाहरूको संलग्नता रहेको भए पनि ६ जना पक्राउ परेको र अन्यको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । उनीहरूमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु