पोखरामा ५ दिन अनुगमन खाद्य प्रयोगशाला नहुुँदा गुणस्तर परीक्षणमा समस्या

पोखरामा ५ दिन अनुगमन खाद्य प्रयोगशाला नहुुँदा गुणस्तर परीक्षणमा समस्या

anugaman-pokhara-750×375@2x

पोखरा । गण्डकी प्रदेश सरकारले बजार अनुगमन निर्दे्शिका पास गरेपछि अनुगमन कमिटी बनाएर यो दशैंबाट बजार अनुगमन सुरु गरेको छ । संघीय संरचनाअनुसार बजार अनुगमनको जिम्मा स्थानीय निकायलाई नै दिइएको छ। तर कतिपय कानून र निर्दे्शिका नहुँदा काम गर्न कठिन भएको थियो।

दशैंको बेलामा पोखरामा ५ दिन अनुगमन गरिएको थियो । दशैं बिदा सकिएपछि अनुगमनलाई पुन निरन्तरता दिइने बताइएको छ। तर अनुगमन गरिने भएपनि खाद्य प्रयोगशला नहुुँदा गण्डकी प्रदेशमा खाद्य वस्तुको गुणस्तर परीक्षणमा समस्या भएको सरोकारवालाहरु बताउँछन् ।

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले देशका सबै प्रदेशमा प्रयोगशाला भएपनि पर्यटकीय प्रदेश गण्डकीमा नहुँदा समस्या भएको गुनासो गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds