सल्यान जिल्लामा उमेर नपुगी बिवाह गर्ने गराउने सातजनालाई प्रहरीले पक्राउ गरेको छ। सिद्धकुमाख गाउँपालिका ४ चाँदेकरेञ्जीमा विवाह गरिरहेको अवस्थामा मण्डपबाटै बेहुला बेहुलीसहित सातजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिद्धकुमाख गाउँपालिका ४ चाँदेकरेञ्जीका बेहुला १९ वर्षीय रत्नबहादुर बोहरा र सोही ठाउँकी बेहुली १९ वर्षीया भुमाकुमारी रावत रहेका छन्। बेहुला लोकबाहादुर बोहराको घरमा बिवाह भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरीले बेहुलाका बुवा ४१ वर्षीय लोकबहादुर बोहरा र उनकी श्रीमती माया बोहरालाई पक्राउ गरेको हो। यस्तै बेहुलीकी आमा ४० वर्षीया कलौटी रावत र बुवा ४२ वर्षीय रत्नबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
बिवाह गराउने पण्डित कुशे नगरपालिका ९ जाजरकोट घर भएका २५ वर्षीय नबिन आचार्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।उमेर नपुगी बिवाह भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले उनीहरूलाई मण्डपबाटै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको प्रहरीको भनाई छ।
पक्राउ परेका सवैलाई अनुसन्धान गरी मुद्दा दायर गरिने प्रहरी नायब उपरीक्षक खतिवडाले जानकारी दिए। सल्यान जिल्लामा बालविवाहको दर उच्च रहेकोले यसको न्युनिकरणमा प्रहरीले कुनै कसर बाँकी नराख्ने खतिवडाले जानकारी दिए।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु