डिभी भर्ने तरिका पहिले जस्तो छैन, चाहियो पासपोर्ट नम्बर

डिभी भर्ने तरिका पहिले जस्तो छैन, चाहियो पासपोर्ट नम्बर

dv lottery

काठमाडौं– सन् २०२१ का लागि अमेरिकी डाइभर्सिटी भिसा (डिभी) का लागि अमेरिकाले आवेदन खुलाएको छ । यसपटक डिभी भर्दा पासपोर्ट नम्बर अनिवार्य गरिएको छ । साथै यसपटक देखि डिभी भर्दा व्यक्तिगत इमेल ठेगाना नै चाहिने भएको छ ।

डिभी चिठ्ठा ३३ दिनपछि अर्थात् ५ नोभेम्बरमा बन्द हुनेछ । यो वर्ष डिभीबाट ५५ हजारलाई अमेरिका लैजाने अमेरिकी अधिकारीहरुले बताएका छन् । अमेरिकाले यसअघि पनि बारम्बार डिभीमार्फत् विदेशी नागरिकलाई लैजाने गरेको छ ।

गत वर्ष अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिठ्ठा बन्द गर्ने प्रस्ताव लगेका थिए । उनको प्रस्ताव पारित हुन पाएको थिएन । यसपटक गत वर्षहरुमा भन्दा फरक भारत, पाकिस्तान तथा बंगलादेश र अन्य १७ देशका नागरिकले डिभी भर्न पाउने छैनन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds