दसैँमा प्रायः सबै नेपालीको घरमा मासु प्रशस्त हुन्छ । परापूर्वकालदेखि सिंगै खसी, राँगा, बोका, भेडा, च्याङ्ग्रा काट्ने र मासु सँगालेर खाने हाम्रो चलन छ ।
दसैँमा काटेको खसी–बोकालाई धेरै दिनसम्म विनाफ्रिजमा राख्दा बिग्रने डर हुन्छ । नयाँ पत्रिका दैनिकले क्राउनप्लाजा होटेलका सुसेफसोल्टी आरबी बुढाथोकीले दिएको केही टिप्सहरूलाई प्रकाशित गरेको छ ।
उनका अनुसार, फ्रिजको चिस्यानमा राखेमा मात्र मासु सुरक्षित रहन्छ । कुनै पनि जन्तुको बधपछि राम्ररी सफा गर्नु जरुरी हुन्छ । शरीरमा भएका रौँहरू राम्ररी सफा गरेर मात्र भित्री भाग खोल्न सुरु गर्नुपर्छ । आन्द्राभुँडी नफुट्ने गरी सर्लक्क निकालेर छुट्टै भाडामा सुरक्षित राखेर राम्ररी सफा गर्नुपर्छ ।
मासुलाई सर्लक्क साँप्रा र अन्य भाग छुट्याएपछि राम्ररी सफा गरेर सुक्खा बनाएर फ्रिजमा राख्नुपर्छ । फ्रिजको तापक्रम घटीमा ३ डिग्री सेल्सियस र बढीमा ५ डिग्री सेल्सियस हुनु जरुरी छ । सकेसम्म धेरै मासु बनाएर नराख्ने ।
फ्रिज नहुनेको हकमा मासुलाई सुक्खा बनाएर कुट्ने र मज्जाले तेलमा भुटेर नुन हालेर पानी सुकाएर हावा आउने ठाउँमा जाली या पातलो कपडाले छोपेर राख्न सकिन्छ । आवश्यकताअनुसार अलिअलि पुनः पकाएर खान सकिन्छ । सकेसम्म माछा, कुखुरा खसी–बोका एउटै अचानोमा नकाट्नु राम्रो मानिन्छ ।
माछा–मासु मिसाएर एउटै अचानोमा काट्दा एक–अर्कामा संक्रमण भई ब्याक्टेरिया फैलिने डर हुन्छ । पाकेको मासु र काँचो मासु पनि एउटै अचानोमा काट्नुहुँदैन । काठको अचानोमा काटिएको मासु अन्तर्राष्ट्रिय नियमअनुसार सुरक्षित मानिँदैन र सफा गर्न पनि सहज हुन्न । सकेसम्मा प्लास्टिकको हार्ड चपिङ बोर्ड प्रयोग गर्नुपर्छ ।
खुकुरी पनि साबुनपानीले धोएर सुक्खा पारेर सुरक्षित ठाउँमा राख्नुपर्छ । मासु भण्डारण गर्दा काँचो मासु र पाकेको मासु सँगै राख्नुहुँदैन । यदि राख्नैपर्ने भएमा राम्ररी छोपेर काँचो मासु तल्लो तह र पाकेको मासु माथिल्लो तहमा राख्नुपर्छ । – काँचो मासुलाई लामो समयसम्म राख्नु छ भने (१८ डिग्रीदेखि २२ डिग्रीसम्मको चिसो भएको डिप फ्रिजमा छोपेर या पोको पारेर मात्र राख्नुपर्छ ।
कति खाने ?
मासु पकाउँदा राम्ररी पाक्नु अत्यन्त जरुरी छ । एकपटक मासु खाँदा १८० देखि २२० ग्रामसम्म मात्र खानु राम्रो हुन्छ ।
तीनै छाकमा निरन्तर मासु खाँदा शरीर भारी हुने अल्छी लाग्ने हुन्छ । मासुसँगै सागपात तथा सलाद र शाकाहारी परिकार अनिवार्य समावेश गर्नुपर्छ ।
रातो मासु मात्र खानुभन्दा कुखुरा, माछा मिलाएर खाँदा शरीरलाई फाइदा गर्छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो