तनहुँ । तनहुँ दमौलीको थप ६ स्थानमा निशुुल्क वाईफाईको सुविधा थप हुने भएको छ । बुधवार वल्र्डलिंक कम्युनिकेशन प्रा.लि.को निमचोक स्थित कार्यालयमा सो सम्बन्धि सम्झौता भएको हो ।
सम्झौतामा व्यास नगरपालिकाको तर्फबाट नगर प्रमुख वैकुण्ठ न्यौपाने र वल्डलिंक कम्युनिकेशनका तर्फबाट सिइओ केशव नेपालले हस्तास्क्षर गरेका हुन ।
सम्झौता अनुसार सवै स्थानमा उपकरण सहित ५ वर्षका लागि वल्डलिंकले निशुल्क वाईफाइको व्यवस्था गर्ने उल्लेख गरिएको छ । सोका लागि नगरपालिकाले कुनै पनि शुल्क तिर्नु नपर्ने बताइएको छ ।
सम्झौतामा हस्ताक्षर गर्दै नगर प्रमुख न्यौपानेले व्यास नगरपालिकालाई स्मार्ट सिटिको रुपमा विकास गरिने बताए ।
त्यस्तै कम्पनीका सिइओ नेपालले सामाजिक उक्तरदायित्व अन्र्तगत सुविधा उपलव्ध गराएको जानकारी दिए ।
सम्झौता अनुसार व्यास ३ को दुुर्गा मन्दिर क्षेत्र, देवी देउराली पुस्तकालय तथा देउरालीनगर सिकाई केन्द्र, वि.पि. वनवाटिका खेल मैदान तथा पाञ्चायन मन्दिर एवं जेष्ठ नागरिक केन्द्र, दमौली अस्पताल तथा पार्क क्षेत्र, व्यानपाको पुस्तकालय, वडा नं २ को कार्यालय र वडा नं ४ को वडा कार्यालय तथा कालिका जंगल पार्क क्षेत्रमा ५ वर्षका लागी निशुल्क वाईफाई सेवा उपलव्ध गराउन लागिएको व्यास ३ का वडा सदस्य रबिन पौडेलले जानकारी दिए ।
यस अघि वल्र्डलिंकले नै अनसन चौतारा क्षेत्र तथा निमचोकमा निशुल्क वाईफाई सुविधा उपलव्ध गराईसकेको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते