वडा कार्यालयमा उद्घाटनकै बेला नेपाली कांग्रेसले तालाबन्दी

वडा कार्यालयमा उद्घाटनकै बेला नेपाली कांग्रेसले तालाबन्दी

talabandi

बुटवल । रूपन्देहीको पश्चिम सैनामैनामा नवनिर्मित वडा कार्यालय भवनमा उद्घाटनकै बेला ताला लागेको छ । सैनामैना–७ को वडा कार्यालय भवन उद्घाटनकै बेला नेपाली कांग्रेसले तालाबन्दी गरेको हो ।

नेपाली कांग्रेस सैनामैना–७ का सभापति नारायण खनालले वडा भवन अपांगमैत्री नभएको र उद्घाटनमा नेकपाका नेतालाई मात्रै प्राथमिकता दिइएकाले ताला लगाएको बताए । ‘भवन अपांगमैत्री नभएको र कांग्रेसलाई बाइपास गरिएकाले ताला लगाएका हौं’, उनले खनालले भने, ‘अब विरोधका थप कार्यक्रम पनि गर्छौं ।’

कांग्रेसले भेदभाव गरेको आरोप लगाइरहँदा वडा नं. ७ का वडाध्यक्ष डिलाराम बेल्वासले भने त्यसो नगरिएको प्रतिक्रिया दिए । पञ्चेबाजासहित आयोजना गरिएको एक समारोहकाबीच राष्ट्रियसभाका सदस्य तथा नेकपा नेता खिमलाल भट्टराईले भवन उद्घाटन गरेका थिए । भवन १ करोड ६ लाख ४५ हजार लागतमा सम्पन्न भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ