सन् २०२१ का लागि डिभी चिट्टा खुल्यो !

सन् २०२१ का लागि डिभी चिट्टा खुल्यो !

dv-lottery

काठमाडौं : सन् २०२१ को लागि अमेरिकी डा-इभर्सिटी भिसा (इ-डीभी) को लागि आवेदन खुल्ला भएको छ। संयुक्त राज्य अमेरिकाले २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत इ-डिभिका लागि आवेदन खोल्ला गरेको हो।

अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्थाअनुसार डिभीमार्फत यस वर्ष ५५ हजार जनाका लागि भिसा उपलब्ध गराइने छ। https://occupygh.com/us-dv-lottery-2021 मा डिभी भरेवापत कुनै शुल्क लाग्ने छैन। अमेरिकामा कम आप्रवासी भएका मुलुकका नागरिकलाई अमेरिकाले चिठ्ठामार्फत भिसा उपलब्ध गराउँछ।

अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर र इमेल अनिवार्य चाहिने नयाँ व्यवस्था गरेको छ। साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्नेछ।

यो योजनाअनुसार एक जनाले एकपटक मात्र आवेदन दिन पाउने छन्। अन्यथा पटकपटक आवेदन दिएको पाइएमा उक्त व्यक्ति इडिभीका लागि अयोग्य ठहरिने छन्। नेपालसँगै भारत र पाकिस्तानसहित १७ देशका नागरिकले पनि इ-डिभी आवेदन खुल्ला गरिएको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds