बन्दुक समाएको फोटो राख्दै महराका २ छोराले लेखे, ‘क्रान्तिकारीसँग फेरि भेट हुनेछ’

बन्दुक समाएको फोटो राख्दै महराका २ छोराले लेखे, ‘क्रान्तिकारीसँग फेरि भेट हुनेछ’

mahara sons

यौन अपराधको विवादमा परेपछि सभामुखबाट राजीनामा दिएका कृष्ण बहादुर महराका दुई छोरा निर्मल महरा ‘एटम’ र राहुल महराले बन्दुक समाएको फोटो राख्दै ‘फेरि युद्धमा जाने’ संकेत गरेका छन् ।मंगलबार राती साँढे ११ बजे फेसबुकमा स्टाटस लेख्दै ‘समयले नयाँ बाटो पकड भनेकाले क्रान्तिकारीहरुसँग फेरि भेट हुने’ कुरा उल्लेख गरेका छन् ।

उनीहरुले एउटै स्टाटस सेयर गर्दै जनताको पक्षमा काम गर्दागर्दै अकल्पनीय परिस्थितिको सामान गर्नुपरेको कुरा उल्लेख गरेका छन् ।

हेर्नुहोस्, निर्मल महराको स्टाटस ।

https://www.facebook.com/nirmal.atom/posts/3497597443587318

उनीहरुको स्टाटसमा लेखिएको छ:

‘राजनैतिक इतिहासमा जनताकै पक्षमा अपूर्व त्याग गरियो, अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्न्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ । आज व्यक्ति होइन, आस्था र विचारको धरोहर सम्झेर महरा सरको चिन्ता गर्ने, सामाजिक सञ्जालमा दृढतापूर्वक लड्ने, फोन खबरमा सम्झिने, पार्टी सङ्गठनद्वारा चिन्ता व्यक्त गर्ने, र मिडिया मार्फत सहयोग पुर्याई षड्यन्त्रको भन्डाफोर गर्न सहयोग पुर्याउने सञ्चारकर्मी, नेता, कार्यकर्ता, युवा, विद्यार्थी, विपक्ष दलका मित्रहरु चिन्ने मौका मिलेको छ । असली मित्र चिन्ने ठूलो मौका पनि मिलेको छ ।

बुख्याँचाहरु खडा गरि क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्ने विदेशी शक्तिहरुको चलखेल पनि राम्रै देखियो र नेपाली दलालहरु पनि । यसले राजनीतिमा अझ क्रान्तिकारी बन्न सबक दिएको छ, शिक्षा लिएर जनताको पक्षमा अगाडि बड्न्ने प्रेरणा मिलेको छ । समयले नयाँ बाटो पकड भन्ने शन्देश दिएको छ, क्रान्तिकारीहरु सँग फेरि भेट हुने छ ।’

उनीहरुले हतियारसहितको फोटो सेयर गरेर समयले नयाँ बाटो पकड भन्ने सन्देश दिएको र क्रान्तिकारीहरुसँग फेरि भेट हुनेछ भनेर लेख्नुको अर्थ फेरि युद्धमा जाने संकेत गरेका छन् । क्रान्तिकारीहरुसँग फेरि भेट हुनेछ भन्नुको तात्पर्य उनीहरु विप्लव पार्टीमा जाने संकेत पनि गरेका छन् ।

हेर्नुहोस् महराको कान्छा छोरा राहुल महराको स्टाटस

https://www.facebook.com/photo.php?fbid=2801554883189653

यसरी महराका दुई छोराहरुले आफ्ना बावुलाई सिध्याउन लागेको भन्दै पार्टीकै नेताहरु र ‘विदेशी शक्तिकेन्द्र’लाई पनि चेतावनीको भाकामा ‘सन्देश’ दिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ