डिसु नेपालको सहयोगमा तनहुँको दमौलीबाट २ जना सडक मानवको उद्धार, पोखरा लगियो

डिसु नेपालको सहयोगमा तनहुँको दमौलीबाट २ जना सडक मानवको उद्धार, पोखरा लगियो

IMG_20191001_153024

तनहुँ विभिन्न कारणहरुबाट सडकका पेटीहरुमा कष्टकर जीवनयापन गर्न विवश व्यक्तिहरु लाई जिल्ला सुधारका लागी सामाजिक उत्थान (डिसु नेपाल)को सहयोगमा तनहुँको दमौलीबाट २ जनालाई कष्टकर अवस्थाबाट उद्वार गरेको छ ।

उद्धारको लागि डिसु नेपालले सुरु देखी नै सहकार्य गर्दै आएको अध्यक्ष नोमा थापाले बताईन । उनले भनिन ‘उद्धार गरेर पोखरा लैजाने गाडिले समेत डिसु नेपाल व्यवस्था गरेको हो ।’

मानवसेवा आश्रमले २ जनालाई मंगलबार पोखरा लगेको छ ।

मंगलबार जेष्ठ नागरिक दिवसको अवसरमा सडकमानवको उद्धार गरिएको डिसु नेपालकी अध्यक्ष नोमा थापाले बताईन ।

विगत लामो समयदेखि व्यास नगरपालिकाको दमौली बजार वरपर सडकमा मागेर गुजारा चलाउदै आएकी अन्दाजी ६३ वर्षीया मिलन आमा (नाम परिवर्तन) को उद्धार गरिएको हो । मंगलबार व्यास-२ स्थित ग्रिनसिटि टोलबाट मिलन आमा उद्धार गरिएको हो । उनी बोल्न सक्दिनन ।

उक्त उद्धार कार्यमा संचारकर्मी एवं समाजसेवी अन्जु दाहालले आश्रमका प्रतिनिधिलाई सहयोग गरेकी थिइन ।मानवता प्रवर्द्धनलाई उजागर गर्ने उद्देश्यले आगमि २०८२ सम्ममा कोहि पनि व्यक्ति सडकमा भोकै र नाङ्गै हुन नपरोस भन्ने अभियान मानवसेवा आश्रमले संचालन गरेको आश्रमका गोमनाथ तिमल्सेनाले जानकारी दिए । देशको ७ वटै प्रदेश र १५ जिल्ला र १७ स्थानमा मानवसेवा आश्रम संचालनमा रहेको उनले बताए ।

सरसफाई र औषधि उपचार गरि प्रेम प्रदानबाट आश्रमले सेवा सुरु गर्ने उनले जानकारी दिए । सम्भव भएसम्म पारिवारिक मिलन समेत गराइदिने गरेको उनि बताउछन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds