पोखराको सामसुङ गल्लीमा ‘पालमोश कोटर’ खुल्यो

पोखराको सामसुङ गल्लीमा ‘पालमोश कोटर’ खुल्यो

Palmosh

पोखराको स्यामसुङ्ग गल्लीमा पालमोश कोटर सञ्चालनमा आएको छ । महिला उद्यमी अनुरुप्ता शाहा र श्रीया केशीले संयुक्त लगानीमा पालमोश सञ्चालनमा ल्याएका हुन् ।

काठमाण्डौमा करिब दुई वर्ष अगाडि सञ्चालनमा ल्याएको व्यवसायलाई पोखरामा पालमोशको रुपमा पहिलो पटक सुरुवात गरेको सञ्चालक अनुरुप्ता शाहले जानकारी दिईन् । महिला तथा युवतीहरुलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याएको पालमोशमा विषेशतः रेडिमेड वेयरहरु सारी, कुर्ता, टप्स, लेहेङ्गा तथा कल्चर अनुसार सबै प्रकारका सामान उपलब्ध छ ।

पोखराको बजार र मार्केट सुहाउँदो रुपमा आफुहरुले व्यवसाय सुरु गरेको शाहले बताईन् । पालमोशमा दशैं र तिहारलाई मध्यनजर गर्दै ओपनिङ्ग सिजनमा २० प्रतिशत छुट रहेको सञ्चालक मध्यकी श्रीया केशीले जनाईन् ।
सबै खालका बर्गलाई सुहाउदो र मेलखाने गरी आफुहरुले पालमोश पोखरामा सञ्चालनमा ल्याएको उनको भनाई छ ।

पछिल्लो समय महिला तथा युवतीहरुमा बढ्दो माग र फस्टाउँदो व्यवसायलाई आफुले सञ्चालनमा ल्याएको र पोखराको मार्केट अनुसार पालमोश मार्फत आफुले ग्राहकहरुलाई सेवा दिने सञ्चालकद्वय बताउँछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds