प्रतितोला रु ८०० ले सुनको मूल्यमा गिरावट

प्रतितोला रु ८०० ले सुनको मूल्यमा गिरावट

काठमाडौं– दशैंको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य ६९ हजार २०० कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ६८ हजार ९०० निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

सोमबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला ७० हजार र तेजावी सुन ६९ हजार ७०० मा खरिदबिक्री भएको थियो । त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले घटेको छ । स्थानीय बजारमा मंगलबार चाँदी प्रतितोला ८२५ मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ । पछिल्लो दुई/तीन महिनादेखि निकै उतारचढाव देखिएको सुनको मूल्य पछिल्लो सातादेखि निरन्तर ओरालो लाग्दै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds