सभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्ती करणीसम्बन्धी आरोपबारे प्रहरीले अनुसन्धान शुरु

सभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्ती करणीसम्बन्धी आरोपबारे प्रहरीले अनुसन्धान शुरु

Krishna_Bahadur_Mahara-

काठमाडौं– सभामुख कृष्णबहादुर महरामाथि लागेको जबरजस्ती करणीसम्बन्धी आरोपबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । प्रहरीले पीडित भनिएकी महिलाको कोठाबाट घटनासँग सम्बन्धित सबूत प्रमाण संकलन गरेको हो । प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि घटनास्थललाई ‘नियन्त्रणमा लिएर’ आवश्यक प्रमाण संकलन थालेको हो ।

‘तत्कालनका लागि घटनास्थलबाट रक्सीका बोत्तल, चस्माको फुटेको सिसा, रक्सी पिउन प्रयोग गरिएका गिलास लगायत सामग्री बरामद भएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले भन्यो । प्रहरीले बरामद भएका सामग्रीको फरेन्सिक परीक्षणको प्रक्रिया शुरु गरिएको पनि जनाएको छ ।

प्रहरीले पीडित भनिएकी महिलाको डेरा क्षेत्रमा जडित सीसीटीभी क्यामेराको फुटेज समेत संकलन गरेर अनुसन्धान थालेको छ । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले सोमबार साँझ सभामुख महराले आफ्नै कोठामा आएर आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् ।

आफूमाथि बलात्कार प्रयासको आरोप लागेपछि सभामुख महराले घटनाको अनुसन्धानमा सघाउनका लागि भन्दै मंगलबार पदबाट राजीनामा दिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds