महरालाई सभामुखसँगै सांसदबाट पनि राजीनामा दिन नेकपाको सुझाव

महरालाई सभामुखसँगै सांसदबाट पनि राजीनामा दिन नेकपाको सुझाव

Krishna-Bahadur-Mahara

काठमाडौं– सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन नेकपाले सुझाएको छ । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले महरामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोप लगाएपछि सत्तारुढ दलले यस्तो सुझाव दिएको हो ।

तत्कालीन नेकपा माओवादी केन्द्रको उम्मेद्वारको रुपमा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधसभा सदस्यमा निर्वाचित महरा वाम गठवन्धन (तत्कालीन एमाले र माओवादी केन्द्र)को साझा उम्मेद्वारका रुपमा प्रतिनिधिसभाको सभामुखमा विजयी भएका थिए । महरामाथि सोमबार साँझ संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले जबरजस्ती करणी गर्न खोजेको आरोप लगाएकी थिइन् ।

सभामुख महरामाथि लागेको आरोप तथा अबको प्रक्रियाबारे निर्णय गर्न भनेर मंगलबार बिहान नेकपा सचिवालय बैठक बसेको थियो । सचिवालय बैठकले महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिएर छानबिनमा सघाउनका लागि सुझाव दिने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds