काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकहरूको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन आह्वान गरेकी छन् । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (१ अक्टोबर) को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकहरूको सुखी, स्वस्थ र सम्मानित जीवनका लागि हार्दिक शुभकामना पनि व्यक्त गरिन् ।
राष्ट्रपतिले दिएको शुभकामना सन्देशमा भनिएको छ, ‘ज्येष्ठ नागरिक ज्ञान र अनुभवका महत्त्वपूर्ण स्रोत भएकाले राज्यले उनीहरूको ज्ञान र अनुभवलाई समुचित उपयोग गर्नतर्फ ध्यान दिनु जरुरी छ।’ उनले सन्देशमा नेपालको संविधान, कानुन र नीतिहरूले ज्येष्ठ नागरिकको हक अधिकारलाई संरक्षण गरेको चर्चा गर्दै जसलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने टड्कारो आवश्यकतामा जोड दिएकी छन् ।
उनले माया, ममता र करुणाका खानी रहेका ज्येष्ठ नागरिकहरूको संरक्षकत्व प्राप्त गरी हजुरबा, हजुरआमा, आमाबुबा, छोराछोरी र नातिनातिना एउटै परिवारमा अटाउने पूर्वीय दर्शनमा आधारित हाम्रो आदर्श परिवार बनाउन अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसले सम्बद्ध सबैमा प्रेरणा प्रदान गर्ने अपेक्षासमेत सन्देशमा उल्लेख छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु