यौन दुराचारमा मुछिएका सभामुख महरा राजीनामा दिँदै

यौन दुराचारमा मुछिएका सभामुख महरा राजीनामा दिँदै

Krishna-Bahadur-Mahara

सभामुख कृष्णबहादुर महराले राजीनामा दिने भएका छन्। संसद सचिवालयकी महिलालाई यौन दुर्व्यवहारको आरोप लागेपछि मंगलबार बिहान बसेको नेकपा हाइकमान्ड बैठकले पार्टीको तर्फबाट सभामुख भएका महरालाई पदबाट राजीनामा गर्न निर्देशन दिएको हो।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो। बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, सुवाष नेम्वाङसहित सहभागी थिए। ‘बैठकमा छलफलको मुख्य विषय सभामुखज्यूमाथि लागेको यौन दुराचार रहेको थियो’, नेकपा उच्च स्रोतले नेपालखबरसँग भन्यो, ‘बैठकले उहाँलाई राजीनामा गराउन निर्देशन दिने निर्णय गरेको छ। सचिवालयको बैठकले यसलाई औपचारिकता दिनेछ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds