सभामुख महरालाई राजीनामा दिन ओलीको निर्देशन

सभामुख महरालाई राजीनामा दिन ओलीको निर्देशन

KP-Oli-pm

काठमाडौं  –  प्रधानमन्त्री केपी शर्मा ओलीले  याैन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन निर्देशन दिएका छन् । अध्यक्ष ओलीले पार्टीका नेताहरूको छलफलपश्चात् देश र जनताको हितका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएको बालुवाटार स्रोतले बतायो ।
“उहाँले आफ्नो निम्ति कानुनी उपचारमा जाने बाटो छँदैछ । तर अहिले आफूमाथि नैतिक र चारित्रिक प्रश्न उठिसकेपछि सभामुख पदमा बसिरहन मिल्दैन,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले बाह्रखरीसँग भन्यो ।

“कानुनी रुपमा लड्ने बाटो कायमै रहन्छ तर अहिले देश र जनतालाई हेरेर राजीनामा गर्न निर्देशन दिनुभएको छ,”स्रोतले भन्यो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds